Thursday, May 25, 2017

प्यासी चखेवा


© बिकास बिम्बित
काकाकुल तिर्खाउनु पर्ने
तिर्खाउनै त मरुभुमि पर्ने
अझ तिर्खाउनु पर्ने 
मिराज भेट्न कुदिरहेका मृगहरु
तर आज
खेलाको बगरमा प्यास बोकेर बसेको छ
एउटा घाइते चखेवा
कहिलै नफर्किने चखेवीको प्यासमा ।
आकाश द्रष्टा छ
धर्ती साँक्षी छ
झुटो प्रेमको दर्दनाक गीत
उस्ले कसैसँग सापटि मागेको हैन
त्यो त उसकै प्रियसीको उपहार हो
अनि
उपहारको तिरस्कार उसको धर्म हैन
दर्द मार्ने सराब पनि उसको संस्कार हैन ।
चखेवी कुन दुनियाँमा रमाईरहेकी छे
त्यो अलौकिक दुनियाँ चखेवाको
कल्पना शक्ति भन्दा बाहिर छ
उ त सोच्छ
कुनै चट्टान निचोर्दा
थोरै मायाँ चुहेछ भने
प्यास मेटूँला ।

No comments:

Post a Comment

गजल

मेरो कलम रुन खोज्छ हँसाउन खोज्दा खोज्दै । आशको दियो निभ्छु भन्छ वचाउन खोज्दा खोज्दै । सम्झने छौ, सोच्ने छौ,  छौ भविष्यमा भाग्यौ भने मुटु भित...