बिकास बिम्बित
दुई थुङ्गा फूल
तिमि कमल
म गुलाफ
एक दिन मैले देखें तिमिलाई
अर्कोे दिन तिमिले बोलायौ मलाई ।
तिमि तालमा छौ
तालका हरेक छालमा छौ
म डाँडामा छु
म आँफ्नै काँडामा छु
ठाने मैले कि तिमि कति सुखि छौ
सधँै मुस्कुराउने मात्र
सायद तिमिले पनि मलाई
यस्तै केहि सोच्दिहौ ।।
मैले तिमिलाइ
दुःखको पान्नामा पत्र कोरँे
र हुलाकि वायूलाई भेजेँ
तिमिले मलाई
सहनसिलताको पान्नामा पत्र पठायौ ।
प्रतिउत्तर तिम्रो
मेरो जीवन दर्शन बन्यो
तिमि त आफ्नै आँशुको
तालमा पो रहिछौ
र पनि बेदना छुपाए रै
मुस्कुराउँदि रहेछौ
( त्यहि दिनबाट मैले पनि
काँडाको विचमा हाँस्न सिकें । ) २
No comments:
Post a Comment