Monday, December 30, 2013

Education

शिक्षा मेरो सरोकार
      
देश विकासको मेरुदण्ड हो शिक्षा । आफ्ना बालबालिकाहरुको उचित शिक्षाका लागि अभिभाबक र सरकारको ठुलो लगानी रहेको हुन्छ । तर जतिनै प्रयाप्त लगानी भए तापनि वैज्ञानिक, ब्यवहारिक एबम् सीपमुलक शिक्षा प्राप्त हुन किन सकेन रु यो मुद्दा आज सारा नेपालीको साझा मुद्दा बनेको छ । सानोठिमीको पाठ्यक्रम विकास केन्द्रले तयार गरेको पाठ्यक्रम दार्चुला देखि लिएर ताप्लेजुङ्गसम्म एकछ्त्र लागू गर्दा स्थानिय बाताबरण सुहाउँदो नहुने त छँदैछ, अर्को तर्फ हुने खानेहरुको लागि स्थापित सस्थागत बिद्यालयहरुले आफ्नै पाठ्यक्रम बनाएर लागू गरेको स्थिति छ । तर सरकारले आफ्ना देशका बालबालिकाका लागि बनाएको पाठ्यक्रम स्थानिय आवस्यकतामा आधारीत बन्न सकेको स्थिति छैन । यहाँ पाठ्यक्रम एउटा उदाहरण मात्र हो । वास्तवमा नेपालका अधिकाङ्स शिक्षकहरुलाई  शिक्षण विधि के होरु  थाहा नै छैन । थाहा रहेछ नै भने पनि ब्यबहारिक प्रयोगमा ल्यउन सकेको स्थिति छैन ।
नेपाल सरकारले आधारभूत शिक्षा निशुल्क गरेको छ । तर कतिपय सरकारी बिद्यालयहरुले नै अनियमित रुपमा आाफ्ना विद्यालयका विद्यार्थीहरुसँग महिनाबारी र परीक्षा सञ्चालनका नाममा शुल्क उठाएका समाचार बेला बखत सुनिदै आएको छ । यसमा जिम्मेवार पक्षको ध्यन जान सकेको छैन । कहिँ कतै त अझ झोले बिद्यालय वर्षौं देखि चलिआएको खुलासा भएको छ । नेपाल जस्तोे विकासोन्मुख राष्ट्रका लागि यस्तो अबस्था कतिसम्म सहन योग्य छ रु नेपाली जनताले सोच्ने बेला भएको छ । यस्ता जनताका छोराछोरी पढ्ने बिद्यालय भौतिक रुपमा र शैक्षिक रुपमा  सवल बनाउन नेपाल सरकार शिक्षा मन्त्रालयले गरेका कार्यहरु अपर्याप्त र अपुग रहेको यथार्थ उदाङ्गो छ । हामी विद्यालय शान्ति क्षेत्र भन्दै चर्का नारा र भाषण गर्छौं, तर बन्द हड्ताल र स्कुल बस माथि नै तोडफोड र आग्जनीको नियतिलाई कहिलेसम्म सहने रु राजनितिक दलको पगरी गुथ्दैमा आँफुले जे गरेपनि हुन्छ भन्ने मानसिकता भएन  र यो रु शिक्षा आजको बालबालिकाहरुको उज्याले भबिष्य मात्र नभई यो देश विकास र सभ्य समाजको आधारशिला पनि हो । शिक्षामा राजनीतीकरणको अन्त्य  हुनु र उच्च तह देखि न्यून तह सम्मका शिक्षासँग जोडिएका सबै जिम्मेवार पक्षबाट आआफ्नो जिम्मेवारी उचित रुपमा बहन गरेमा मात्र पनि यो देशले शैक्षिक क्षेत्रमा केही बर्षमै आमुल परिवर्तन गर्ने निश्चित छ । तर बिडम्बना यहाँ न कोहि आम जनताका बालबालिका बारेमा सोच्ने फुर्सदमा छन् नत भाबि नेपालको परिकल्पना गर्न नै भ्याउँछन् ।
हुनेखानेहरुले आफ्नो क्षमताको आधारमा अंग्रेजी माध्यममा सुविधा सम्पन्न बिद्यालयमा आफ्ना बालबालिकालाई पढाएका छन् यो बिषयलाई सामान्य नै ठान्न सकिएला, तर कुनै शिक्षक जो सामुदायिक बिद्यालयमा पढाउने उसको पेसा छ, र उस्ले आफ्ना बालबच्चालाई अङ्ग्रेजी माध्यममा पढाउने संस्थागत बिद्यालयमा भर्ना गराएको हुन्छ यस्ता उदाहरण अनेक भेटिन्छन् । आखिर किन एउटा सरकारी बिद्यालय पढाउने शिक्षकले आफ्ना बच्चालाई अर्कै महङ्गो बिद्यालयमा पठाएर आँफू सरकारी विद्यालयमै पढाउने गर्छ रु यसको दुई ओटा कारणहरु हुनसक्दछन् । एक हो कित त्यो शिक्षकमा पेशागत दक्षता छैन कित उ आफ्ना बालबच्चा बाहेक अरु जोसुकैको बालबच्चाको भबिष्य माथि खेलबाड गर्न पल्किएको हुनुपर्छ । हेर्दा खासै महत्वपुर्ण नलागे पनि यि समस्याहरु भित्र शिक्षाका ठुला समस्याहरु रुमलिएर  जगडिएका भेटिन्छन् । हुनत वर्गीय समानता आकाशको  फल नै हो । तर पनि शिक्षामा समानता असम्भब छैन । म यस अर्थमा भन्न सक्छु कि सरकारी तरबरले निशुल्क प्रदान गर्ने शिक्षामाा गुणस्तर उकास्न सके कसैले महङ्गो शिक्षा नै हामीलाई चाहिन्छ अवस्य भन्ने छैनन् । मात्र आबश्यकता छ सरकारी  र सरेकारवाला निकायको जगरणको । के निजी विद्यालय सरह सार्बजनिक विद्यालय बनाउन सकिंदैन रु के झोले बिद्यायको खोजी गरी बन्द गर्न र कारबाही गर्न नै सकिंदैन रु के  तालिम प्राप्त शिक्षक शिक्षिका नै छैनन् त यो देशमा रु के माटो सुहाउँदो शिक्षा नेपालमा दिनै सकिंदैन रु के विद्यालय शान्ति क्षेत्रको रुपमा स्थापित गर्न सकिदैन रु शिक्षा क्षेत्रका  यि र यस्तै अनेकन सवाल आजका हरेक जागरुक नागरिकको बन्नु पर्छ र यसतर्फ सरोकारवालाको ध्यान समयमै जानु जरुरी छ । अनिमात्र हरेक नेपालीले देखेको सुखी नेपाली संमृद्ध नेपालको सपना पुरागर्न सम्भव छ ।            

गजल

मेरो कलम रुन खोज्छ हँसाउन खोज्दा खोज्दै । आशको दियो निभ्छु भन्छ वचाउन खोज्दा खोज्दै । सम्झने छौ, सोच्ने छौ,  छौ भविष्यमा भाग्यौ भने मुटु भित...