- लघु बाल कथा
हजुरबा को चश्मा
हजुरबा राम्रो सँग आँखा देख्नुहुन्न भन्ने अनिललाई थाहा थियो । अनिलको हजूर बा सँधै रामायण पढ्नु हुन्थयो । अनिलका हजुरबा लाई रामायण पढ्न चश्मा लगाउनु पथ्र्यो । अनिल हजुबा ले पढ्नुभएको रामायण सुनेर खुशि हुन्थ्यो ।
अनिलका धेरै खेलाउने गुडियाहरु र किताब, कपि अनि सिसा कलमहरु थिए । अनिल आफ्ना सामान हरुको जतन गर्दैनथ्यो । उ आफ्ना किताब र अन्य सामान हरु पनि छरपस्ट पारेर छथ्र्यो । उ बिद्यालय सँधै ढिलो पुग्थयो किनभने उस्ले आफ्ना कितबहरु हराएको हुन्थयो ।
एकदिनको कुरो हो हजुरबा को चश्मा हरायो । हजुरबाले चश्मा खोज्ने जिम्म अनिललाई दिनुभयो । अनिलले कतै पनि चश्मा भेटाएन । हजुर बा ले फेरि भन्नु भयो – चश्मा नभेट्दा सम्म खोजिरहनु है । अब अनिललाई दिक्क लागो । उसले हजुरबा को कोठाका हरेक सामग्रीहरु एक एक गरी खान्तलासी ग¥यो । अनिलले हजुरबाको कोठै भरि लुगा किताब पुराना कलमहरु र भगबानका सजाएका तस्विरहरु सबै छरपस्ट पा¥यो । यति गर्दा पनि चश्मा भेटिएन अनिललाई रिस उठ्यो । उसले कोठाका एउटा पनि सामाग्री उचित ठाउँमा नरहने गरी छरपस्ट पा¥यो अनि हजुर बा भएको ठाउँमा गएर भन्यो – मैले हजुरको चश्मा भेटिन । हजुरबाले भन्नुभयो– तिमिले सबै सामान छरेकाले नभेटिएको हो अब फेरी सबै सामग्रीहरु मिलाएर राख अनि भेटिन्छ मेरो चश्मा ।
अनिलले हजुरबाको कोठाको छरपस्ट सामानहरु मिलाउन थाल्यो । अनिलले पन्ध्र मिनेटमा छरपस्ट पारेको सामान मिलाएर ठिक ठउँमा राख्न करिब एक घण्टा लाग्यो । अनिलले धेरै मेहनेत गरेपछि मात्र सबै सामानहरु उचित स्थानमा राख्न सफल भयो । यतिकैमा हजुरबा कोठामा पस्नुभयो । कालो कोटको खल्तिबाट आफ्नो चश्मा निकालेर टेबलमा राख्नुभयो । अनिलले त्यो कुरो थाहानै पाएन । हजुरबा ले अनिललाई कोठाको ओरिपरि हेर्न भन्नु भयो । अब अनिलले हजुरबाको चश्मा टेबलमाथि देख्यो । उ खुशि भयो । हजुरबाले भन्नुभयो – आफ्ना हरेक सामान उचित ठाउँमा राख्नु पर्छ । जून सामान जहाँ राखिन्छ त्यहि खोज्नु पर्छ । यति ग¥यौ भने तिम्रा कपि, कलम, गुडिया र अन्य कुनै सामान पनि हराउँदैनन् ।
अनिलले कुरा बुझ्यो । त्यसै दिनबाट अनिलले आफ्ना हरेक सामग्रीहरु उचित स्थानमा राख्न थाल्यो अनि उस्का कुनै पनि सामग्री हराएनन् । उ सँधै समयमै बिद्यालय पुग्न थाल्यो । उ सँधैकालागी खुशि भयो । तर त्यो दिन हजुरबाको चश्मा हराएकै थिएन भन्ने कुरा अनिलले आज सम्म पनि थहा पाएको छैन ।
समाप्त