Tuesday, June 5, 2018

प्रेमको बगैँचा


उनी दुबोहरुमा पहिले बसिन् र मेरो हात तानिन् । उनको ठीक सामुन्ने म बसेँ । उनले लामो सास तानिन् र बिस्तारै छोडिन् । सुगन्धित हावाले मलाई स्पर्श दिन थाल्यो । उनी सेतो गुलाफ थिइन, मैले एकैछिन एकोहोरीएर नियालिदिएँ ।
थोरै लाडिएको थोरै काँपेको स्वर गुञ्जियो – ‘ के हेर्नु भा‘ अचेल हेरेको नि कानून लाग्छ था‘ छैन । ’ म झल्याँस्स भएँ । उनले एउटा अनमोल मुुस्कान दिइन् । मुटुमा धड्कनको चाप थपियो ।
कठै, प्रमको दासी मानिस ! सोचेँ र फेरी कर्के नजर उनीमाथि खन्याएँ । अहो ! उन्का सफेद गालाहरुमा होलीको रंग भरिएछन् । अब उनी सेतो गुलाफ रहिनन् । उनी फक्रिएको रातो गुलाफ थिइन् । उनी प्रेमको प्रतिक थिइन् ।
मैले एक पल आँखा बन्द गरेँ र सोचेँ – सुन्दरता तब सुन्दर हुन्छ, जब त्यसमा केही रहस्य लुकेको होस् । म सोच्न थालेँ यो फूल टिप्ने अपराधि हुनेछ । यो फूल छुने दोषी हुनेछ ।
मैले आँखा खोलेर उनलाई नियाल्न चाहेँ । म स्तब्ध भएँ, एता उता कुदेँ, आँखाले भ्याए सम्म नियाँले, नजिकैको आँपको बोटलाई सोधेँ । लिच्चिका हाँगाहरुलाई सोधेँ, त्यहाँ रगरग कुदिरहेका हजारौँ कमिलाहरुलाई सोधेँ । मैले चराहरुलाई सोधेँ र अन्तिममा आकाशमा खोजेँ । अपसोच ! उनि कहीँ देखापरिनन् । मैले पराजित शरिर थचक्क बसाएँ र आँखा चिम्लिएँ अनि केवल फूल झरेर उजाड गुलाफको बोटमात्र याद आइरह्यो ..... निरन्तर आइरह्यो ।
विकास बिम्बित
इटहरी ।
०७५/०२/२२ मंगलवार

गजल

मेरो कलम रुन खोज्छ हँसाउन खोज्दा खोज्दै । आशको दियो निभ्छु भन्छ वचाउन खोज्दा खोज्दै । सम्झने छौ, सोच्ने छौ,  छौ भविष्यमा भाग्यौ भने मुटु भित...