फुर्सदको काम हो, फुर्सद भएमा पढेर प्रतिकृया पाउँ है ।
-बिकास बिम्बित
‘फेरी यसरी भेट हुन्छ हुँदैन, तपाई त साहित्यकार पनि हुनुहुन्छ मेरो जीवन काहनि को एउटा तितो कथा लेखेर धेरै लाई बचाउन सक्नुहुन्छ ।’ बाट सुरु भएको मित्र देवा को कथा जति सुनो उति सुनु जस्तो लाग्दै गयो । करिब चार बर्ष पहिलेको कुरा हो मित्र देवा र मेरो अध्ययन सँगै थियो । देवाले कुनै युवती प्रति नजर समेत नलगाई बाह्र कक्षा सके उनि युवतीहरु सँग बोल्न त परको कुरा नजिक हुन पनि गाह्रो मान्थे, जसको प्रमाण म स्वयम् छु । बाह्र कक्षाको समाप्ति पछि म इटहरीकै स्थानिय कलेजमा भर्ना भएँ देवा भने काठमाडौंको सानोठिमी कलेज भर्ना भए । समय बित्दै जाँदा नितु नाम गरेकी एक यूवती सँग देवाको प्रेम कहानि सुरु भयो । देवाकै शब्द सापटि लिएर भन्नु पर्दा ‘त्यो केटि सँधै मलाई हेरीरहन्थि मलाई सँधै साथी भाइले जिस्काएर हैरान पार्थे एक दिन त मलाई असाध्यै रीस उठेर आयो र तिम्रो अरु काम छैन भनेर कराएँ ।’ त्यसैको केहि दिन पछि देखि देवाको त्यहि नितु भन्ने केटि सँग गहिरो प्रेम सम्बन्ध गाँसिन पुग्यो । काठमाडैंमा कोठामा बसेको भए पनि देवालाई अर्थिक संकट थिएन । देवाका बाबा भारतीय सैनिकवाट रीटायर थिए, बेलाबेलामा आवश्येक खर्च पठाई दिन्थे । समयले कोल्टे फेर्दै गयो । ब्याचुलर दोस्रो वर्ष पुग्दा सम्ममा यि दुई सँगै जिउने मर्ने निर्णयमा पुगेका थिए । देवाले एक सर्को कफि लिएर भन्दै गए –‘हाम्रो त्यस समयको कथा कुनै हिन्दि फिल्म झैँ थियो । कुनै कारणले दुई मध्ये कोहि एक कलेज जान नसके दुबै जाँदैन थियौ । कलेजका सबैले चिन्थे र धेरै चार्चामा आएका थियौ हामि ‘मैना जोडि’ को नामले । मलाई कसैले नितुको नामले जिस्काउँदा आनन्द आउन थालेको थियो । आफन्त, पढाई, व्यबहार, साथीभाई सबै भुलेको थिएँ मैले सम्झन्थें त केबल त्यहि एउटा अनुहार तर.................।’ म केवल एक असल स्रोता बनेको थिए, देवा का आँखा रसाए ऊ बोल्न असमर्थ देखेँ मैले । अनि देवा अरु के भयो ? समस्याको समाधान आँशु हैन मैले सम्झउने प्रयात्न गरेँ । उ एकछिन घोरीएर मलाई हेर्दै प्रश्न अगाडि सार्यो – ‘बिम्बित जी यो संसारमा विश्वास गर्न लायक के छ जस्तो लाग्छ तपाईलाई ?’ मैले उत्तर फर्काए –‘एउटा भनाई छ नि यो संसार विश्वासमा अढीएको छ अनि फेरी किन......?’मेरो प्रश्नको बेवास्था गर्दै फेरी उ आफ्नो कहानि सुनाउन थाल्यो –‘ खै तपाई को कुरालाई कसरी सत्य मानु म जव मैले नितुलाई आफै लाई भन्दा धैरै मायाँ र विश्वास गरेको थिए । मैले उस्लाई आफ्नो सोचेर सबै थोक भुलेको थिए तर उस्ले आफ्नै हातले लेखेर मेरो नाममा उसको बिबाहको कार्ड पठाई । पछि थाहा पाएँ अरु चर पाँच जनासँग उस्को मसँग जस्तै सम्बन्ध रहेछ । अन्तत सबै भन्दा सम्पतिवाल एउटा बिज्नेस मेन सँग उस्ले बिबाह गरी ।’ मैले उस्लाई शान्त पार्ने कोसिसमा सहजरुपमा भने –‘हैन यार जावो एउटी केटिको लागि किन रुनु एउटी गए अर्की भेटिदैन र ?’ गोजी बाट रुमाल झिकेर रसाएका आँखाहरु पुछ्दै उस्ले भन्यो –‘ हैन बिम्बित जी विश्वास र मायाँ नपाउँदा दुःख लाग्दैन तर आँफुले दिएको विश्वास र मायाँ तिरस्कृत हुँदा यस्तो चोट लाग्दो रहेछ, यो म रोएको हैन त्यहि तिरस्कृत मन रोहेको हो ।’ ईटहरीको एउटा चिया पसलमा भेटिएका मेरा पुराना मित्र देवा सँग तीन घण्टा बिताउदा लाग्यो कि आज भोली बजारमा पाईने धेरै नकली र थोरै सकली सामानहरु जस्तै मायाँ प्रेममा पनि धेरै झुटका खेतीहरु फस्टाएका छन् । झुटो प्रेम गर्ने हरु धेरै छन् यो अच्चम्मको विषय भएन तर गज्जबको कुरा त यो छ कि किन गर्दै छन् युवावर्ग प्रेममा नाटक ?
यो र यस्तै उस्का पिंडा र ब्यथाहरु सुनेर छुटेको दुई दिन पछि फेरी देवा सँग मेरो भेट इटहरीकै एउटा गल्लीमा यस्तो अबस्थामा भयो कि उ अत्यधिक मादक पदार्थ सेवन गरेर लडेको थियो बाटामै । मैले बाटोको साइडमा उस्लाई लगेर बसाएपछि उस्को गोजीबाट मोबाईल झिकेर उस्को परीबालाई जनकारी गराएँ अनि अफिस जान ढिलो भएकाले आफ्नो बाटो लागेको थिएँ । यो घटनाको भोली पल्ट बिहनै अर्को एक मित्रको फेन आयो –‘बिम्बित तँलाई थाहा भयो त्यो सँगै प्लस्टु पढेको साथी देवाले विष पिएर आत्महत्या गरेछ आज राती ।’
यो थियो देवाको एक प्रतिनिधि कथा । मायाँ, प्रेम जस्तो सम्वेदनशील बिषयलाई एउटा फेसनको रुपमा हेरीँदा यस बाट उत्पन हुने परीस्थिति कति सम्म खतरनाक हुनेगर्दछ भन्ने यथार्थहरु धेरै हद सम्म अड्कल काट्न सकिन्छ भने कतिपय अवस्थामा आत्महत्या सम्मका खबर पनि सुन्नमा नआएका हैनन् । टिनएजरहरुको अपरिपक्व निर्णय, अभिभावकबाट प्रत्यक्ष निगरानिको अभाब, अनुभब प्राप्तिको तिब्र चाहना, फिल्मी प्रभाब जस्ता कारणहरुले युबा बर्ग हतारमा प्रेम गर्ने गर्दछन् र यास्तो निर्णयले आफ्नै जीवन बर्बाद गरीरहेका हुन्छन् तर यस तर्फ अभिभाबक, बिद्यालय वा कलेज परीबार र अन्य सरेकार बाला निकाए ले मात्र नभई मिडिया समेतको ध्यान कमै मात्र पुगेको देखिन्छ । यस्ता अपरीपक्व सम्बन्धका कारण एकातिर बाल बिबाह लाई प्रसय मिलेको छ भने अर्को तर्फ अधिक सम्बन्धहरु असफल भएका कारण युवाबर्ग कुलतको दलदलमा समेत पर्ने गरेका छन् । यर्थाथ तितो हुन्छ, यो सानो देखिने तर ठुलो प्रभाब पर्ने बिषय बस्तुमा त्यति धेरै आवाज कुनै क्षेत्रबाट उठाएको पाईदैन । यदि अझै यस बिषयमा हाम्रा स्कुल, कलेज अध्ययनरत भाईबहिनी हरुमा सहि मार्गनिर्देश नगर्ने हो भने यो समाजमा अरु कति देवाहरुको कथा बन्नेहुन भन्न सकिन्न ।

No comments:
Post a Comment