Sunday, June 7, 2020

गजल


मेरो कलम रुन खोज्छ हँसाउन खोज्दा खोज्दै ।
आशको दियो निभ्छु भन्छ वचाउन खोज्दा खोज्दै ।

सम्झने छौ, सोच्ने छौ,  छौ भविष्यमा
भाग्यौ भने मुटु भित्र अटाउन खोज्दा खोज्दै ।

मनका कुरा सवै खोल्न सहज कहाँ हुँदो रै’ छ
चिठ्ठी मेरो पुरानो भो पठाउन खोज्दा खोज्दै

जीवन हेर्न फूल हेर त्यो भन्दा फरक छैन 
ओइलाउने हौ कि टिपी सजाउन खोज्दा खोज्दै

साँच्ने कुरा धेरै होलान् माया साँचिन्छ र ?
धोका नहोस् जीवनमा रमाउन खोज्दा खोज्दै
आफ्नो मान्छे चिनी हात समाउन खोज्दा खोज्दै ।।

Tuesday, June 5, 2018

प्रेमको बगैँचा


उनी दुबोहरुमा पहिले बसिन् र मेरो हात तानिन् । उनको ठीक सामुन्ने म बसेँ । उनले लामो सास तानिन् र बिस्तारै छोडिन् । सुगन्धित हावाले मलाई स्पर्श दिन थाल्यो । उनी सेतो गुलाफ थिइन, मैले एकैछिन एकोहोरीएर नियालिदिएँ ।
थोरै लाडिएको थोरै काँपेको स्वर गुञ्जियो – ‘ के हेर्नु भा‘ अचेल हेरेको नि कानून लाग्छ था‘ छैन । ’ म झल्याँस्स भएँ । उनले एउटा अनमोल मुुस्कान दिइन् । मुटुमा धड्कनको चाप थपियो ।
कठै, प्रमको दासी मानिस ! सोचेँ र फेरी कर्के नजर उनीमाथि खन्याएँ । अहो ! उन्का सफेद गालाहरुमा होलीको रंग भरिएछन् । अब उनी सेतो गुलाफ रहिनन् । उनी फक्रिएको रातो गुलाफ थिइन् । उनी प्रेमको प्रतिक थिइन् ।
मैले एक पल आँखा बन्द गरेँ र सोचेँ – सुन्दरता तब सुन्दर हुन्छ, जब त्यसमा केही रहस्य लुकेको होस् । म सोच्न थालेँ यो फूल टिप्ने अपराधि हुनेछ । यो फूल छुने दोषी हुनेछ ।
मैले आँखा खोलेर उनलाई नियाल्न चाहेँ । म स्तब्ध भएँ, एता उता कुदेँ, आँखाले भ्याए सम्म नियाँले, नजिकैको आँपको बोटलाई सोधेँ । लिच्चिका हाँगाहरुलाई सोधेँ, त्यहाँ रगरग कुदिरहेका हजारौँ कमिलाहरुलाई सोधेँ । मैले चराहरुलाई सोधेँ र अन्तिममा आकाशमा खोजेँ । अपसोच ! उनि कहीँ देखापरिनन् । मैले पराजित शरिर थचक्क बसाएँ र आँखा चिम्लिएँ अनि केवल फूल झरेर उजाड गुलाफको बोटमात्र याद आइरह्यो ..... निरन्तर आइरह्यो ।
विकास बिम्बित
इटहरी ।
०७५/०२/२२ मंगलवार

Thursday, May 25, 2017

केही गरौं !

केही गरौं ! 
सकिन्छ भने केही मात्र हैन धेरै गरौं !
आजको तरुनो अनुहार चाहुरिन कति बाँकिछ हिसाब निकालेर फिल्डमा खटौं !
हिजोको जिन्दगीलाई पाठ बनाउँ
आजको बटोमा हिनाईको हैन कुदाइको आवश्यकता टड्कालो छ ! 
सकिन्छ प्रगती गरौं ,
सकिँदैन दुर्गती नभोगौं !

A gazal by bikash bimbit

तिम्रा लागि 2073-12-19

संसारलाई जितेर तिम्रो सामु आउने मन छ ।
उमंगको रंगले सिउँदो तिम्रो रंगाउने मन छ ।
भुलो भनी झुटो समाचार सुनाउलान् दुनियाँले
पर्खिबस मेरि प्यारी तिम्रै हात समाउने मन छ ।
तिमी दिलको धड्कन बनी उर्जा दिनु सँधै भरी
तन, मन, धन मिलाई प्रेमिल संसार बनाउने मन छ ।
धर्ती फुटोस, आकास फाटोस, विलाई जाउन् जुनतारा
तर, अमर रहोस् नाता यस्तो मायाँ लाउने मन छ ।
तिमीले केही नसोचेरै मलाई संसार सुम्पिदियौ
हजार जुनि, लाखौं बर्ष तिम्रो सन्सार सजाउने मन छ ।
धन सम्पत्ति दरबारलाई, हिरा मोति सागरलाई
बिम्बितलाई जुनि जुनि मात्र तिमी पाउने मन छ । 

प्यासी चखेवा


© बिकास बिम्बित
काकाकुल तिर्खाउनु पर्ने
तिर्खाउनै त मरुभुमि पर्ने
अझ तिर्खाउनु पर्ने 
मिराज भेट्न कुदिरहेका मृगहरु
तर आज
खेलाको बगरमा प्यास बोकेर बसेको छ
एउटा घाइते चखेवा
कहिलै नफर्किने चखेवीको प्यासमा ।
आकाश द्रष्टा छ
धर्ती साँक्षी छ
झुटो प्रेमको दर्दनाक गीत
उस्ले कसैसँग सापटि मागेको हैन
त्यो त उसकै प्रियसीको उपहार हो
अनि
उपहारको तिरस्कार उसको धर्म हैन
दर्द मार्ने सराब पनि उसको संस्कार हैन ।
चखेवी कुन दुनियाँमा रमाईरहेकी छे
त्यो अलौकिक दुनियाँ चखेवाको
कल्पना शक्ति भन्दा बाहिर छ
उ त सोच्छ
कुनै चट्टान निचोर्दा
थोरै मायाँ चुहेछ भने
प्यास मेटूँला ।

एक झल्को

एक झल्कोले सबै बोल्दो रहेछ !
अनुहारमा रंग पनि उडेर साधा भएछ ,
बिना रसको कागती झैँ शरीर.......... !
कठै ! कसरी चिन्नु तिमीलाई !
बोलेर कहिले अघाउन्न थियौ , खै त्यो बोली ? ती आँखाका चन्चलता कता हरायौ ? कसरी मडारिए दु:ख र बाध्यताका बादलहरु !
यो अबस्थामा किन गोरेटोले अचानक भेट गरायो ?
र आभास दिलायो
एकपलको जवानी र साँच्नपो कहाँ सकिन्छर !!!
यति जटिल प्रश्न म आँफैलाई गर्दैछु आज कि प्राय मान्छे सुन्दरता र खुशी मात्र हेर्छ तर किन तिम्रा दु:खहरु सामान्यीकरण भइरहेछ्न् म माथि ?

malai ta achamma lagxa ba...

हो मलाई निर्दयी र कठोर भन्छ मेरो समाज ,
किनकी मलाई अबोध कोपिला र सुन्दर फूलहरु चुडेर 
मन्दिरमा चडाउन कहिल्यै आएन !

गजल

मेरो कलम रुन खोज्छ हँसाउन खोज्दा खोज्दै । आशको दियो निभ्छु भन्छ वचाउन खोज्दा खोज्दै । सम्झने छौ, सोच्ने छौ,  छौ भविष्यमा भाग्यौ भने मुटु भित...